इम्बोस्डको विरुद्धमा उत्रियो प्राज्ञिक विद्यार्थी परिषद्

पाेखरा | जेठ २५, २०७९

इम्बोस्डको विरुद्धमा उत्रियो प्राज्ञिक विद्यार्थी परिषद्

पोखरा:  प्राज्ञिक विद्यार्थी परिषद् पोखरा महानगरपालिका इकाई समितिले इम्बोस्ड नम्बर जडान गर्ने निर्णय खारेजीको माग गर्दै  विरोध प्रदर्शन गरेको छ । नागरिकको हित विपरित भएको भन्दै पृथ्वीनारायण क्याम्पस गेट अगाडी आज नाराबाजीसहित विरोध जनाएको हो  ।

 

कोणसभालाई सम्बोधन गर्दै परिषद् पोखरा महानगर सचिव दिप्सन गुरुङले इम्बोस्ड नम्बर प्लेटले नेपालीको मातृभाषामाथी प्रहार गरेको  बताए । ‘इम्बोस्ड नम्बरले हाम्रो मातृभाषा माथि नराम्रोसँग प्रहार गरेको छ, उनले भने, ‘हामिले हाम्रो भाषाको सम्मान गर्नुपर्छ यसरी असंवैधानिक रुपमा लागुु गरिएको यो आदेश हामिलाई मान्य छैन ।’ 

 

गुरुङले देवानगरी लिपीरहितको इम्बोस्ड नम्बर जडान गर्न असंवैधानिक निर्णय गरिएको बताउदै गुरुङले भने, ‘नेपाल आमा र नेपाली भाषामाथी नराम्रो प्रहार गरिएको छ  ।’ 

 

प्रदर्शनका क्रममा देवानगरी ‘लिपी लागु गर, नेपाली भाषामाथीको प्रहार अन्त्य गर, दलालहरु होसियार’ लगायतका नाराका लगाएका थिए

 

पछिल्लो समय यातायात व्यवस्था विभागले बागमती प्रदेश र गण्डकी प्रदेशमा अनिवार्य रुपमा इम्बोस्ड नम्बर जडान गर्न निर्देशन दिएको थियो । तर यातायात व्यवस्था कार्यालय कास्कीले भने दैनिक ४० देखि ५० वटा सवारी साधनमा मात्रै इम्बोस्ड नम्बर जडान गर्न सक्ने बताएको छ ।

 

अहिलेसम्म गण्डकी प्रदेशमा करिब ३ सय बढि सवारी साधनमा इम्बोस्ड नम्बर जडान गरिएको यातायात व्यवस्था कार्यालय कास्कीले जनाएको छ । 
 

काठमाडौं:   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो  सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...

थप पढ्नुहोस्

चितवन:  जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।  उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

थप पढ्नुहोस्